रत्ननगर । बढ्दो लोडसेडिङ कम गर्नुपर्ने माग गर्दै रत्ननगरका इलेक्ट्रोनिक्स व्यवसायीहरुले शुक्रबार एकघण्टा चक्काजाम गरेका छन् । राज्यलाई दबाब दिने उद्देश्यले पहिलो चरणको विरोधको कार्यक्रमअन्तर्गत चक्काजाम गरेको व्यवसायीहरुले बताएका छन् ।
लोडसेडिङका कारण व्यवसाय धरासायी बनेको भन्दै व्यवसायीहरुले पूर्व पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा सवा एक बजेदेखि एकघन्टा राजमार्ग अवरुद्ध पारेका थिए । व्यवसायीहरुले तत्काल राज्यलाई लोडसेडिङ कम हुनुपर्ने वैकल्पिक ऊर्जाको व्यवस्था गर्नुपर्ने माग गर्दै सो चक्काजाम गरेका हुन् ।
news from chitwan post to www.snpoudel.blogspot.com
No comments:
Post a Comment