Tuesday, February 15, 2011

एउटा नदीको पानी सुरुङबाट अर्को नदीमा खसालिने

सरकारले एउटा नदीको पानी सुरुङ मार्गबाट लगेर अर्को नदीमा मिसाउने गरी नदी जलाधार स्थानान्तरण बहुउद्देश्य परियोजना (रिभर बेसिन ट्रान्सप्लान्ट मल्टिप्रपोज प्रोजेक्ट) निर्माण गर्ने भएको छ । खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइको व्यवस्थाका साथै बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ सरकारले आफ्नै लगानीमा यो परियोजना निर्माण गर्न लागेको हो ।
परियोजना अघि बढाउन सिँचाइ मन्त्रालयले चार वर्षदेखि भेरीको पानी बबई नदीमा, कालीगण्डकीको तिनाउ नदीमा, सुनकोसीको कमला नदी र मरिनखोलामा मिसाउन अध्ययन गरिरहेको छ । त्यस्तै, त्रिशुलीको पानी सिँचाईका लागि चितवन जिल्ला पुराईनेछ ।

No comments:

Post a Comment